PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बर्दियामा झडप भएपछि कर्फ्यु जारी



पहिलोपोस्ट

बर्दियामा झडप भएपछि कर्फ्यु जारी

काठमाडौं : बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका लालपुर क्षेत्रमा सोमबार बिहानदेखि नै कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो।

आइतबार दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई समुदाय बिच झडप भएको थियो। सोमबार पनि झडप हुन सक्ने सम्भावनाले कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले बताए।

डिएसपी खड्काले भने 'स्थिति तनावग्रस्त भएपछि अनिश्चितकाललाई कर्फ्यु लगाइएको हो।' दुई समुह बिच बिहानै झडप भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र हवाइफायर समेत गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell