PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई पक्राउ



पहिलोपोस्ट

चितवनः  रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका अर्का कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन् । 

पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ । 

असोज १ गते ढुंगानालाई उनीहरुसहित चार÷पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिल छर्कनुका साथै छ बुँदे पम्प्लेट छरेर गएका थिए । अन्य व्यक्तिको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell