PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

डडेल्धुरामा पेट्रोलको अभावः सर्वसाधरणलाई दशैंमा सास्ती



रासस

डडेल्धुरामा पेट्रोलको  अभावः सर्वसाधरणलाई दशैंमा सास्ती

डडेल्धुराः  करिब एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव भएको छ । 

पेट्रोल अभावका कारण दशैँका लागि टीका लगाएर घर फर्किनेहरु र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ । 

डडेल्धुरास्थित फुटकर व्यापारी र पेट्रोल पम्पबाट नै बोतल तथा ग्यालेनमा तेल बिक्री वितरण गरिरहे पनि पम्पमा भने तेल नभएको जानकारी वितरकहरुले गराएका छन् । 

पेट्रोल अभावमा साना दशैँको समयमा बढी सञ्चालन हुने मोटरसाइकल तथा ट्याक्सी फाटफुटरूपमा चलेका छन् भने निजी सवारी साधनमा तराई पहाड जाने सर्वसाधारण दशैँको टीका थाप्नका लागि आफूखुसी जान नपाएको सर्वसाधारणको गुनासो छ । 
पेट्रोल पम्पमा तेल नपाए पनि खुद्रा तथा साना पसलमा एक लिटरको रु १५० सम्ममा बिक्री भइरहेको स्थानीयबासी वरुण पनेरुले बताए । 

दशैँको बिदा हुनुभन्दा पहिलेदेखि नै पेट्रोलको माग गरे पनि धनगढी स्थित नेपाल आयाल निगम क्षेत्रीय डिपोले इन्धन नदिँदा समस्या भएको स्थानीय पेट्रोल पम्प सञ्चालक तेजबहादुर साँकीले बताए । अब कार्यालय सञ्चालन भएपछि मात्रै पेट्रोलको माग गर्ने यहाँका पेट्रोल पम्पहरूलले जनाएका छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell