PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

झाडापखालाबाट एकको मृत्यु, १२ जना बिरामी



रासस

दोलखाः दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । 
झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् । 

गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट मानिस बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए । उनले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र करिव २० जना बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell