PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ अदालतमा उपस्थित, जेल सजाय हुन सक्ने



पहिलोपोस्ट

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ अदालतमा उपस्थित, जेल सजाय हुन सक्ने
फोटो श्रोतः indiatoday

इस्लामावादः पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालतमा उपस्थित भएका छन्। 

भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट बर्खास्त गरिएका शरिफ सोमबार दोस्रो पटक अदालतमा उपस्थित भएका हुन्। उनी अदालतमा उपस्थित हुँदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। 

सुरक्षा घेराबाहिर उपस्थित उनका समर्थकहरुले शरिफको पक्षमा नाराबाजी गरेका थिए। 

उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी नरहेको, भ्रष्टाचार नगरेको तर राजनीतिक प्रतिशोधका आधारमा दोषी बनाइएको भन्दै नाराबाजी गरेका थिए। 

उनीमाथि भ्रष्टाचारको आरोपमा छानविन सुरु भएपछि लामो समयपछि सर्वोच्च अदालतले गत जुलाईमा उनलाई पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो। 

त्यसयता पनि उनीमाथि अदालतको अनुसन्धान जारी नै छ। शरिफलाई जेल सजाय हुनसक्ने पाकिस्तानी सञ्चार माध्यमले बताएका छन्। तर यो समाचारको कानुनी वा अदालती रुपमा पुष्टी भने हुन सकिरहेको छैन । रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell