PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

साउदी राजा साल्मन आगामी बिहीबार रुस भ्रमणमा जाने



पहिलोपोस्ट

साउदी राजा साल्मन आगामी बिहीबार रुस भ्रमणमा जाने
फोटो श्रोतः reuters.com

मस्कोः साउदी अरेबियाका राजा साल्मन आगामी बिहीबार रुस भ्रमणमा जाने भएका छन्।

रुसी समाचार समिति इतारतासले क्रेम्लिनका सल्लाहकार युरी उसाकोभलाई उद्धृत गर्दै सोमबार भ्रमणसम्बन्धी समाचार सम्प्रेषण गरेको छ। 

उसाकोभले आफ्नो एक छोटो प्रतिक्रियामा भनेका छन्– ‘हामी साउदी राजाको आगामी बिहीबार हुन लागेको भ्रमणको प्रतिक्षामा छौँ, हामी उहाँलाई मस्कोमा स्वागत गर्न आतुर छौँ।’ 

उनको भ्रमणसम्बन्धी कार्यक्रम तथा भ्रमणका समयमा हुने औपचारिक सम्झौता वा द्विपक्षीय विभिन्न विषयहरुका बारेमा भने केही बताइएको छैन।रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell