PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

विवादमा जनमत संग्रहः छुट्टिने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताको दाबी



पहिलोपोस्ट

विवादमा जनमत संग्रहः छुट्टिने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताको दाबी
फोटो श्रोतः newsweek.com

बार्सेलोनाः  स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले दाबी गरेका छन्।

क्याटालोनियाका नेता चाल्र्स पुजमोनले आफूहरुले स्वतन्त्र राष्ट्र निर्माणका लागि जनमत प्राप्त गरेको दाबी गरेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। 

जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेका उल्लेख गरिएको छ। खसेको मतमध्येमा करिब ९० प्रतिशतले स्पेनबाट अलग्गिनुपर्ने पक्षमा मत दिएका क्याटालोनिया सरकारको दाबी छ। 

सोमबार बार्सिलोनामा सम्बोधन गर्दै क्षेत्रीय सरकारका प्रमुख कारलस पूजमोनले यस्तो दाबी गरेका हुन्। उनले क्याटालोनियाली जनताले आफ्नो अलग्गै राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताए। 

उनले जनमत संग्रहको नतिजा कानुन निर्माणका लागि अब संसद्लाई पठाइने पनि जानकारी दिए। तर जनमत संग्रहलाई स्पेन सरकारले भने मान्यता दिएको छैन। जम्मा ४० प्रतिशतमात्र मत खसेको निर्वाचनलाई वैध नमान्ने सरकारले जनाएको छ। 

आइतबार पनि स्पेनको प्रहरीले मतदान केन्द्रलाई नियन्त्रणमा लिई मतदान गर्न दिएको थिएन। त्यस क्रममा पनि भिडन्त भएको बताइएको थियो। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell