चितवनः चितवनको रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन्।
पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ।
असोज १ गते ढुंगानालाई उनीहरुसहित चार/पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिल छर्कनुका साथै छ बुँदे पम्प्लेट छरेर गएका थिए। अन्यको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस