PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रत्ननगर नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई जना पक्राउ



पहिलोपोस्ट

रत्ननगर नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई जना पक्राउ

चितवनः चितवनको रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन्। 

पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ। 

असोज १ गते ढुंगानालाई उनीहरुसहित चार/पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिल छर्कनुका साथै छ बुँदे पम्प्लेट छरेर गएका थिए। अन्यको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell