PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

किन प्रयोगमा आएन गोरखा अस्पतालको एक्स–रे मेसिन ?



पहिलोपोस्ट

किन प्रयोगमा आएन गोरखा अस्पतालको एक्स–रे मेसिन ?

गोरखा : गोरखा अस्पतालमा दश वर्षअघि खरिद गरेकाे अत्याधुनिक एक्स–रे मेसिन अझै प्रयोगमा आएको छैन।

थ्रिफेज विद्युत् लाइन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ। 

एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो।

करिब ५० लाख रुपैयाँको लागतमा अस्पतालले एक्स–रे मेसिन ल्याए पनि सेवा हुँदा विरामीले निजी अस्पताल, चितवन तथा काठमाडौं धाउनु पर्ने बाध्यता छ। 

अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार अहिले अस्पतालमा एक सय एमए क्षमताको पुरानो मेसिनबाट एक्स–रे गर्नुपर्ने बाध्यता छ।

गोरखा अस्पताल १५ शैय्याबाट ५० शैय्यामा विस्तार भएपनि गुणस्तरीय सेवा दिन नसकेको बिरामी गुनासो छ।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अस्पतालको एक्स–रे मेसिन सञ्चालनमा ल्याउन आवश्यक पर्ने विद्युत ट्रान्सफर्मर खरिद गर्न नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell