PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

अमेरिकाको लस भेगसमा बन्दुकधारीको आक्रमण, कम्तीमा २० जनाको मृत्यु



पहिलोपोस्ट

अमेरिकाको लस भेगसमा बन्दुकधारीको आक्रमण, कम्तीमा २० जनाको मृत्यु

बीबीसीः अमेरिकाको लस भेगसको एउटा सांगीतिक कार्यक्रममा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।

प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताए पनि नाम खुलाएको छैन। आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेका छन्।

बन्दुकधारीसँगै रहेकी उसकी केटी साथीको प्रहरीले खोजी गरिरहेको छ। ती केटी साथीको नाम मारिलउ ड्यानले भएको बताइएको छ।
बन्दुकधारीले म्यान्डले बे होटलको ३२औं तलाबाट गोली चलाएको बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell