वीरगंज : प्रहरीले १६ लाख नेपाली रुपैयासहित वीरगंजमा ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत रक्सौल,पन्टोकाका कृष्णकुमार महतो, भारत मोतीहारी श्यामपुरका राजनारायण प्रसाद गुप्ता, भारत पोखरीया पञ्चायतका रामबाबु प्रसाद यादव र पर्साको विन्दवासीनी गाउँपालिका भोलाप्रसाद चौरसिया छन्।
उनीहरुलाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुर पठाउने तयारी गरेकाे पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
गोप्य सूचानाका अधारमा प्रहरीले राजनारायण प्रसाद गुप्ताले बोकेको व्यागबाट रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद भएको रकमको स्रोत नखुलेपछि प्रहरीले आवश्यक कारवाहीका उनीहरुलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाउन लागेको हो।
प्रहरीका अनुसार उनीहरु नेपाली बैंकमा रकम जम्मा गरी भारतीय बैंकबाट पुनः रकम झिकेर नेपाली बजारमा ल्याई भारु बिक्री गर्ने गर्थे।