PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

प्रधानमन्त्रीले भने–मधेशी जनताको हित र भावना अनुसार संविधान संशोधन हुन्छ



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने–मधेशी जनताको हित र भावना अनुसार संविधान संशोधन हुन्छ

नवलपरासी : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउने भएकाले यसका लागि सबै एकजुट हुनुपर्ने बताए। 

रुपन्देहीको मझगाँवामा कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे। उनले अब कांग्रेसको नेतृत्वमा मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुने उल्लेख गरे। 

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधान संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे। 

पौडेलले अब देशको विकास, गाउँको विकास र जनताको विकासमा कांग्रेस लाग्ने बताए। 

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब कांग्रेसको काँधमा आएको जिकिर गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell