PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

एमालेसँग तालमेल गर्न माओवादी तयार, पार्टी एकीकरणसम्मको विषय छलफलमा



सविन ढकाल

एमालेसँग तालमेल गर्न माओवादी तयार, पार्टी एकीकरणसम्मको विषय छलफलमा
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले एमाले लगायतका दलसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने रणनीति लिएको छ। 

सोमवार बसेको माओवादी केन्द्रको सचिवालय बैठकले तालमेल गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनका लागि आवश्यक तालमेलदेखि पार्टी एकता गर्नेसम्मको निर्णय गरेको केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्। नेता भुषालले पहिलोपोस्टसँग कुरा गर्दै भनिन्, 'नेकपा एमालेसँग पार्टी एकतादेखि चुनावी तालमेल गर्नेसम्मको छलफल भएको हो।' 

निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको समेत उनले जानकारी दिइन्। दुवै निर्वाचनमा दुई पार्टीबीच सहमति जुटे एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने समेत बैठकमा छलफल भएको थियो। 


नेता भुषालले भने यस विषयमा उच्चस्तरीय समितिले नै निर्णय गर्ने बताइन्। 'सम्पूर्ण जिम्मेवारी समितिलाई नै दिएको छ। उहाँहरुले नै परिस्थिति हेरेर निर्णय गर्नुहुन्छ,' उनले भनिन्। माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गरेको थियो। त्यस्तै नेकपा एमालेले पनि माओवादी केन्द्रसँग एकता र तालमेल गर्न एमालले पनि वार्ता समिति बनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell