
काठमाडौं : राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता हृदयेश त्रिपाठी एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन्।
राजपाबाट असन्तुष्ट त्रिपाठीले सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको उपस्थितिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट संयुक्त हस्ताक्षर गरेका छन्। उनीसगै बीके गुप्ता, पशुपतिदयाल मिश्र र जगदीश शुक्ला सूर्य चिन्हमा चुनाव लड्ने भएका हुन्।
दुवै पक्षबीच भएको दुई बुँदे सहमतिमा स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ताहरु आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हमा चुनाव लड्ने र स्वतन्त्र पहिचानसहित क्रियाशील हुने उल्लेख छ।