PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते



रासस

पाल्पा : निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। 

तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्। 

मृत्यु हुनेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन्। घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। 

दुर्घटना के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell