
नयाँ दिल्ली : भारतको रायपुरबाट मुम्बई यात्रामा रहेका गायक आदित्य नारायणले इन्डियो एयरलाइन्सका ग्राउन्ड स्टाफलाई दुर्व्यवहार गरेका छन्। अतिरिक्त व्यागेजको पैशा तिर्न भनेपछि आदित्य भड्किएका थिए।
चर्चित गायक उदित नारायणका छोरा आदित्यले विमानका कर्मचारीलाई अपशब्द समेत प्रयोग गरेका थिए। उनको चुरिफुरी यति धेरै भयो कि अन्तिममा उनले माफी नमागी विमानमा उनलाई बस्नसमेत दिइएन।
इन्डियोका प्रवक्ताले आदित्य नारायण फ्लाइट नम्बर सिक्स इ २५८ बाट रायपुर – मुम्बई जाँदै थिए। उनको समूहमा पाँच जना थिए र लगेजको लागत १३ हजार रुपैयाँ थियो। तर, आदित्यले त्यो रकम तिर्न मानेनन्। उनले १० हजारभन्दा बढी नतिर्ने बताउदै कर्मचारीलाई मनपरी भनेका थिए।
उनलाई बोली सम्हाल्नभन्दा झन चर्किएका थिए। उनले मनपरी जारी राखे विमानमा उनलाई नउडाउने बताएपछि बल्ल उनी ठेगानमा आए।
अन्तिममा ग्राउन्ड स्टाफसँग माफी मागेपछि मात्र उनले बोर्डिङ पास पाए। इन्डियोले आफ्ना कर्मचारीमाथि खराब व्यवहार नसहने प्रस्ट्याएको छ।