PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

एमालेका उम्मेदवारको टोकरीभित्र अटाउलान राजपाका हृदयश?



पहिलोपोस्ट

एमालेका उम्मेदवारको टोकरीभित्र अटाउलान राजपाका हृदयश?

काठमाडौं : आगामी चुनावमा धेरै आकांक्षी भएकाले व्यवस्थापनमा समस्या देखिएको नेकपा एमालेकै सूर्य चिन्ह लिएर राजपाका नेता हृदयश त्रिपाठी चुनावी मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र उम्मेदवारको पूर्ण व्यवस्थापन नहुँदै मधेश मुद्दा लिएर एमालेविरुद्ध खनिँदै आएका त्रिपाठीलाई आफ्ना उम्मेदवारकै टोकरीमा समेट्ने सहमति गरेको छ। 

गैर एमाले भए पनि अब उनी सूर्य चिन्हसहित चुनावमा उत्रने छन्। सहमति कार्यान्वयनको चरणमा पुग्न सकेमा उनी उठ्ने क्षेत्रबाट एमालेले अरु उम्मेदवार खडा गर्न पाउने छैन। त्यसको बदला त्रिपाठीले एमालेलाई आफ्नो प्रभावको क्षेत्रमा सघाउने छन्। 

राजपाबाट असन्तुष्ट त्रिपाठीले सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतको उपस्थितिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट संयुक्त हस्ताक्षर गरेका छन्। उनीसँगै  बीके गुप्ता, पशुपतिदयाल मिश्र र जगदीश शुक्ला सूर्य चिन्हमा चुनाव लड्ने भएका छन्।

दुवै पक्षबीच भएको दुई बुँदे सहमतिमा स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ताहरु आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हमा चुनाव लड्ने र स्वतन्त्र पहिचानसहित क्रियाशील हुने उल्लेख छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell