PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

अमेरिकाको लस भेगसमा नरसंहार : मर्नेको संख्या ५८ पुग्यो, ५ सय १५ घाइते



पहिलोपोस्ट

अमेरिकाको लस भेगसमा नरसंहार : मर्नेको संख्या ५८ पुग्यो, ५ सय १५ घाइते

लग भेगसमा आयोजित म्युजिक फेस्टिभलमा भएको नरसंहारमा परी मर्नेको संख्या कम्तिमा ५८ पुगेको छ। घटनामा ५ सय १५ जना घाइते भएका छन्। 

प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ। बन्दुकधारी स्थानीय हुन्। उनले होटल मान्डल्यको रुमबाट मानिस ताक्दै गोली चलाएका हुन्। 

प्रहरीले पोड्डकलाई होटलमा नै गोली हानी मारेको जनाएको छ। नरसंहारका लागि उनले धेरै हतियार होटलमा नै राखेका थिए। 
सुरक्षाकर्मीहरुले उनी बसेको घरमा छापा मारेको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell