PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

यी हुन् मिलेनियर स्टेफन जसले विश्व हल्लाउने गरी अमेरिकामा गरे नरसंहार



पहिलोपोस्ट

यी हुन् मिलेनियर स्टेफन जसले विश्व हल्लाउने गरी अमेरिकामा गरे नरसंहार

लस भेगसमा ५९ जनाको ज्यान लिँदै ५ सय २७ जनालाई गोलीको सिकार बनाउने स्टेफन पोड्डक मल्टिमिलिनियर थिए भने जुवाका लत बसेका। उनले नरसंहारका लागि लामो योजनासमेत बनाएको तथ्य फेला परेको छ।
 
६४ वर्षका उनी समय समयमा लस भेगसमा ९० मिनेटको समय तय गरेर आइरहन्थे। गत बिहीबार मन्डाल्य बे रिसोर्टमा उनी 'चेक इन' भए। त्यहाँ उनले लुकाएर हतियारहरु भित्र्याए। सोमबारमात्र यो तथ्य खुल्यो कि उनले १६ वटा बन्दुकहरु त्यहाँ राखेका थिए जसमा दुई ट्राइपोटसहित थियो। होटलको रुममा १० सुटकेसभित्र उनले हतियार राखेका थिए। उनले केही विस्फोटक पदार्थ पनि आफ्नो घरमा तयारी अवस्थामा राखेका थिए। 

उनी रिटायरमेन्ट कम्युनिटीमा बस्दै आएका थिए। लस भेगस काउन्ट्रीको संगीत महोत्सवमा नरसंहार हुनेगरी गोली चलाएपछि उनको पहिचान फेरिएको छ। 

पोड्डकले फ्लोरिडा र टेक्ससमा २७ वटा घर फेरेर बसेका थिए। यसरी बस्दा पनि उनको जीवन नोटिसेवल थिएन। उनको त्यो जीवन अहिले सबैसामु रहस्यको गाँठो बनेको छ। 

रिटायर्ड अकाउन्टेन्ट थिए उनी। पछि अपार्टमेन्ट कम्प्लेक्सका लगानीकर्ता बने। त्यहीबाट उनी मिलेनियर बन्न सफल भए। 
यति धेरै मानिसमाथि निर्मम गोली चलाएका उनको अहिलेसम्म कुनै क्रिमनल रेकर्ड भने थिएन। यतिसम्म कि ट्राफिक नियम मिचेबापतको जरिवानासमेत भोगेका थिएनन्। उनी जुवा भने लगातार खेलिरहन्थे। 

उनले १० सुटकेसलाई होटलमा पुर्‍याएका थिए जसमा हतियार भरिएको थियो।  

त्यसो त उनीसँग दुई बन्दुक पनि थिए लाइसेन्सवाला। माछा मार्ने लाइसेन्स पनि थियो। सोमबारको घटनाभन्दा अघिसम्म उनले लाइसेन्सवाला हतियारलाई सुरक्षित रुपमा राखेका थिए। 

उनले सोमबार प्रयोग गरेका हतियारमा एउटा पूर्ण स्वचालित राइफल थियो। एआर-१५ र एके ४७ जस्ता हतियार जसले यति धेरै मानिसको ज्यान लियो। सोमबार उनले गोली चलाउँदा २२ हजार मानिसहरु सांगीतिक कार्यक्रममा सहभागी थिए।  

उनले विद्युतीय उपकरणहरु पनि प्रयोग गरेका थिए जसको प्रहरीले परीक्षण गर्न बाँकी छ। 

सोमबारको नरसंहारको जिम्मेवारी आइएसआइएसले लिइसकेको छ। आइएसले पोड्डक हालै इस्लाममा रुपान्तरित भएको दावी गर्दै आएको छ। तर, पोड्डकका नजिकका मानिस उनले धर्म परिवर्तन गरेको अस्वीकार गर्छन्। 

यति धेरै मानिसको ज्यान लिए पनि पोड्डकले सेनाको कुनै तालिम लिएका थिएनन्। साथै कहिल्यै पनि बन्दुक चलाउने सौख जाहेर गरेका थिए। 
(डेलीमेलमा प्रकाशित सामग्रीबाट लिइएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell