PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

नुवाकोटको विदुरमा बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते



पहिलोपोस्ट

नुवाकोटः नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। 

त्रिशूलीबाट काठमाडौं गइरहेको ना ६ ख ८१४७ नम्बरको बस र काठमाडौंबाट केरुङ गइरहेको कन्टेनर ठोक्किँदा चालकसहित ११ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। 

घाइतेको जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल, बट्टारमा उपचार भइरहेको छ। 

घाइतेमध्ये केहीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले थप उपचारका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell