PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

शशांक कोइरालाले भने–लोकतन्त्रवादी शक्ति मिलेर जानुको विकल्प छैन



पहिलोपोस्ट

शशांक कोइरालाले भने–लोकतन्त्रवादी शक्ति मिलेर जानुको विकल्प छैन

लुम्बिनी : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताएका छन्।

नेपाल प्रेस युनियनले भैरहवामा गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले नेपाली कांग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेकाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानुपर्ने बताए।

लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने उल्लेख गर्दै कोइरालाले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए। 

मुलुकलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेमा कांग्रेस लागिपरेको भन्दै महामन्त्री कोइरालाले सिद्धान्तको झगडालाई थाति राखेर समृद्धिको बाटो पहिल्याएर जनतालाई सुखी र खुसी बनाउने अभियानमा लाग्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell