PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

केन्द्र र प्रदेश सभा निर्वाचनका लागि कास्की कांग्रेसमा उम्मेदवारको लर्को, १५९ जनाको दाबी



नरहरि पौड्याल

केन्द्र र प्रदेश सभा निर्वाचनका लागि कास्की कांग्रेसमा उम्मेदवारको लर्को, १५९ जनाको दाबी

पोखरा : स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा हुने केन्द्र र प्रदेश सभा निर्वाचनमा कास्की कांग्रेसमा आकांक्षीहरुको भीड लाागेको छ। 

केन्द्र र प्रदेश सभा निर्वाचनका लागि कास्कीबाट १ सय ५९ जनाले उम्मेदवार दाबी गर्दै निवेदन दिएका छन्। यसरी दाबी गर्नेहरुमा कास्कीका उच्च तहका नेतादेखि सामान्य कार्यकर्तासम्म छन्।

कास्कीमा केन्द्रमा ३ र प्रदेशमा ६ पदका लागि क्षेत्रीय समितिहरुमा १ सय ५९ जनाको निवेदन परेको हो। 

जिल्ला समितिले उम्मेदवारहरुको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नम्वर १ मा ५९, क्षेत्र नं २ मा ४५ र क्षेत्र नं.३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएका क्षेत्रीय समितिहरुले जनाएका छन्।

पार्टीमा आकांक्षीहरुको ठूलो भीड देखिएपछि जिल्ला नेतृत्वले पार्टी भित्रको मर्यादाक्रम अनुसार आकांक्षी मध्येबाट केन्द्रीय समितिमा सिफारिस गर्ने जनाएको छ। 

कास्की क्षेत्र नम्बर एकको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापा, पूर्वसभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्याप्टेन फत्तेबहादुर गुरुङ, गुरु बराल, तिलक रानाभाट, कृष्णबहादुर कार्कीले उम्मेदवारका लागि निवेदन दिएका क्षेत्रीय सभापति विर्जमान गुरुङले जानकारी दिए।

त्यसैगरी, प्रतिनिधि सभाको समानुपातिकतर्फ गौरी सापकोटा, सरस्वती गुरुङ, परशुराम वी पोखरेल, पदमशरण रेग्मी, तारा अधिकारी र हुमबहादुर गुरुङले दाबी गरेका छन्। 

क्षेत्र नम्बर १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ २३, समानुपातिकतर्फ ८, क्षेत्र नम्बर १ (ख) को प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ८ जनाले निवेदन दिएका छन्।

त्यसैगरी, क्षेत्र नम्वर २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोभियत वहादुर अधिकारी, ऋृषिराम काफले, देवराज चालिसे, युवराज लामिछाने, डा परमेश्वर पोखरेल र गुरुप्रसाद बरालले निवेदन दिएका क्षेत्रीय सभापति विजय आचार्यले बताए।

त्यस्तै, समानुपातिकतर्फ रजनी केसी, सकुन्तला कोइराला, प्रा. .डा .रामचन्द्र पोखरेल, खेम कुमारी बराल, विन्दादेवी आले, गंगा बहादुर खत्री र पद्मसिंह गुरुङ उम्मेदवारको आकांक्षीकारुपमा देखिएका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ (क) को प्रत्यक्ष र समानुपातिकमा ५/५ जना आकांक्षी छन्। 

क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा ९ जना उमेदवारको आकांक्षी रहेका छन्। 

त्यस्तै, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सांसद शारदा पौडेल, पूर्वसांसद शुक्रराज शर्मा, पूर्वराज्यमन्त्री महादेव गुरुङ, खेमराज पौडेल, वावुराम आचार्य, दीपक गुरुङ र भरतजंग कुँवर छन्। 

समानुपातिकतर्फ भोला थापा, सुरेन्द्र बहादुर भारी, कृष्ण कुमारी परियार, रामजी कुँवर, गौमती थापा, गंगा केसी, मन वहादुर विश्वकर्मा लामगादे, रामप्रसाद अधिकारी र पोषनाथ शर्मा आकांक्षीकारुपमा देखिएका क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए।

त्यस्तै, प्रदेश सभा क्षेत्र नम्बर ३ (क) को प्रत्यक्षतर्फ ८, समानुपातिकतर्फ १७, क्षेत्र नम्बर ३ (ख) मा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ६ जनाले उम्मेदवार बन्न निवेदन दिएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell