PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

चितवन कांग्रेसमा उम्मेदवार छनोटमा सकसः २७७ अकांक्षीको नाम केन्द्रमा सिफारिस 



पहिलोपोस्ट

चितवन कांग्रेसमा उम्मेदवार छनोटमा सकसः २७७ अकांक्षीको नाम केन्द्रमा सिफारिस 

चितवन : आगामी मंसिर २१ गते हुन लागेको संघ र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ। आज नगर र क्षेत्रबाट सिफारिस सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। 

कांग्रेस केन्द्रीय समितिले जिल्लाबाट ५४ जनाको नाम सिफारिस गर्न आह्वान गरे पनि नगर र क्षेत्रबाट सिफारिस गरिएका नामलाई जिल्ला समितिले काँटछाँट गर्न नसकेपछि सबै नाम टुंगो लगाउन केन्द्रलाई सिफारिस गरिएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए। 

जिल्लाबाट केन्द्रमा सिफारिस हुने नाममा जिल्लाका उच्च तहका नेतादेखि युवा पुस्ताका नेताको नाम परेको छ।

जिल्लाबाट यसअघि मन्त्री र सांसद बनिसकेकाले संघको निर्वाचनका लागि आफ्नो नाम पठाएका छन्। 

चितवन क्षेत्र नं २ बाट निर्वाचित शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको नाम संघको निर्वाचनमा क्षेत्र नं २ का लागि सिफारिस भएको भएको छ। उनीसँगै जिल्लाका अन्य नेताका नामसमेत संघको उम्मेदवारका लागि सिफारिस भएको छ। 

यस्तै, जिल्लाका तीन सांसद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ र उमेश श्रेष्ठको नाम क्षेत्र नं ३ मा संघको निर्वाचनका लागि सिफारिस भएको छ। 
जिल्लाले संघको निर्वाचनमा प्रत्यक्षतर्फ २१ र समानुपातिकतर्फ २८ जनाको नाम सिफारिस गरेको सचिव जोशीले जानकारी दिए। 

क्षेत्र नं १ बाट पाँच जना प्रत्यक्ष र आठ जना समानुपातिकतर्फ छन्। यस्तै, २ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक तथा ३ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको छ। 

यसैगरी प्रदेशसभाका लागि कांग्रेस चितवनले क्षेत्र नं १(क) बाट प्रत्यक्षमा सात, समानुपातिकमा ११, (ख) बाट ३१ प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ। 

यस्तै २ नं क्षेत्र (क) बाट प्रत्यक्षमा चार, समानुपातिकमा २७ (ख) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा २३ जनाको नाम सिफारिस गरिएको छ। 

तीन नम्बर क्षेत्रको प्रदेशसभाका लागि (क) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा ३५ तथा (ख) बाट प्रत्यक्षमा सात र समानुपातिकमा २८ जनाको नाम सिफारिस भएको छ। 

जिल्ला समितिले क्षेत्रले पठाएका नाममा राय सुझावसहित केन्द्रीय कार्यसमितिमा पठाएको हो। क्षेत्रले पठाएका नामलाई जिल्लाले काट्न नमिल्ने भएकाले सबैको नाम सिफरिस गरिएको सचिव जोशीले बताए। 

यसैगरी, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको नाम भने प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नं २ (क) बाट प्रत्यक्षमा सिफारिस भएको छ। संघका लागि चितवनमा तीन र प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र छुट्याइएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell