PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

हृदयेश कहिल्यै राजपाका नेता हुन सकेनन्ः अनिल झा  



आकाश क्षेत्री

हृदयेश कहिल्यै राजपाका नेता हुन सकेनन्ः अनिल झा  

काठमाडौं : नेकपा एमालेको चुनाव चिन्हबाट चुनाव लड्ने सहकार्य गरेका राष्ट्रिय जनता पार्टीका नेता हृदयेश त्रिपाठी कहिल्यै आफ्नो दलको नेता हुन नसकेका राजपाका नेताले आरोप लगाएका छन्। 

मधेश र मधेशी दलसँग कुनै पनि सिद्धान्त नमिल्ने पार्टीमा प्रवेश गरेको भन्दै राजपाका नेता अनिलकुमार झाले पहिलोपस्टसँग  भने, ‘उहाँ कहिले पार्टीको नेता हुनुभएको थियो र?’ बबरमहलमा रहेको पार्टी कार्यालयमा कहिल्यै आउनु भएकाे छ र?  

हृदयेश पार्टीको बैठकमा कहिल्यै पनि सहभागी नहुुने भएकाले उहाँ कहिल्यै राजापाको नेता जस्तो नलागेको भन्दै अब सत्यतथ्य बुझेर पार्टीले आवश्यक निर्णय लिने नेता झाले जानकारी दिए। 

‘उहाँको बारेमा जे कुरा बाहिर आएको छ त्यसले एमालेमा प्रवेश गरेको पुष्टि हुन्छ, जानेलार्इ रोक्न सकिँदैन नि’ झाले भने। उनले राजपासँग हृदयेशको कहिल्यै छलफल नभएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell