PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सर्लाहीको लखन्देही नदीमा अाएकाे बाढीले बगाएर पाँच बेपत्ता, एकको शव भेटियो



पहिलोपोस्ट

सर्लाहीको लखन्देही नदीमा अाएकाे बाढीले बगाएर पाँच बेपत्ता, एकको शव भेटियो

सर्लाही : सर्लाहीको लखन्देही नदीले बगाएर सोमबार पाँच जना बेपत्ता भएका छन्। 

प्रहरीका अनुसार अपराह्न वर्षापछि लखन्देहीमा आएको बाढीले पत्थरकोटस्थित जियाजोरबाट आमासहित तीन छोराछोरी बगाएर बेपत्ता भएका हुुन्।

दशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा २९ वर्षीया राधिका ढुंगाना र उनका सात वर्षीय छोरा किस्मत, पाँच वर्षीया छोरी कृतिका र एक वर्षीय छोरा कृतिलाई बाढीले बगाएको सर्लाहीका प्रहरी प्रमुख मसाउँदआलम खाँले जानकारी दिए। 

यसैबीच, भैंसी चराएर फर्किंदै गर्दा खोलाले बगाएर बेपत्ता लालबन्दी– २ जुटपानीकी ५५ वर्षीय भीममाया काफ्लेको शव भने प्रहरीले फेला पारेको छ। 

त्यस्तै पिंडारीका ६० वर्षीय रामदेव साह कलुवारलाई पनि बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। नदीले बगाएका सबैको आज बिहानैदेखि प्रहरी परिचालन गरी खोजी भइरहेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell