गुलरिया : बर्दियाको गुलरियास्थित लालपुर क्षेत्र आसपासमा लगाइएको कफ्र्यू २३ घण्टापछि हटाइएको छ।
आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो।
कफ्र्यू आज बिहान ९ बजेदेखि हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए। कफ्र्यू हटाइएपछि जनजीवन सामान्य बन्दै गएको छ।रासस