PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एमाले–माओवादी केन्द्रबीच आआफ्नै चुनावी चिह्न लिएर तालमेल : आज साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलन 



रमेश वाग्ले

एमाले–माओवादी केन्द्रबीच आआफ्नै चुनावी चिह्न लिएर तालमेल : आज साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलन 

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलको टुंगो लागेको छ। 

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेलमा जाने सहमतिबारे औपचारिक जानकारीका लागि आजै साँझ ५ बजे संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ। 

राष्ट्रिय सभागृह हलमा हुन लागेको पत्रकार सम्मेलनमा दुवै पक्षका शीर्ष नेताले सम्बोधन गर्ने एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘अहिलेलाई चुनावी तालमेलको समझदारी भएको छ,’ ज्ञवालीले भने, ‘त्यसबारे जानकारीका लागि ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ।’

सहमतिअनुसार अागामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेले ६० प्रतिशत र माअाेवादीले  ४० प्रतिशत सिट लिने छन्। निर्वाचनमा जाँदा दुवै पार्टीले चुनाव चिह्न भने आ-आफ्नै प्रयोग गर्ने पनि समझदारी बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell