PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

चितुवाको आक्रमणबाट अर्घाखाँचीमा सात वर्षीया बालिकाको मृत्यु



पहिलोपोस्ट

चितुवाको आक्रमणबाट अर्घाखाँचीमा सात वर्षीया बालिकाको मृत्यु

अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, कुर बेंहोरेमा सोमबार साँझ चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो। 

आज बिहान करिब ८ बजे बेंहोरेको जंगलमा बालिकाको शव फेला परेको हो। तीन वर्षमा चितुवाको आक्रमणबाट १२ बालबालिकाको ज्यान गइसकेको छ। 

चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रजिअ खिमराज भुसालले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell