PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

बर्दियाबाट माओवादीले पठायो केन्द्रमा प्रदेशसभाका उम्मेदवारको नाम 



पहिलोपोस्ट

बर्दियाबाट माओवादीले पठायो केन्द्रमा प्रदेशसभाका उम्मेदवारको नाम 

बर्दिया : नेकपा माओवादी केन्द्रले प्रदेश नं ५ मा पर्ने पश्चिम बर्दियामा प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएको छ। 

बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदारमा विष्णु चौधरी, तिलक शर्मा, सन्तकुमार चौधरी र सुरेश पन्तलाई सिफारिस गरिएको इञ्चार्ज शर्माले जानकारी दिए। 

बैठकले प्रदेश सभामा क्षेत्र नं ४ बाट दीपेश थारुलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ। प्रदेश सभाका लागि क्षेत्र नं १ मा भने भुवन चौधरी र प्रमोद चौधरीको नाम सिफारिस गरिएको छ। 

यस्तै, प्रदेशसभाका लागि क्षेत्र नं २ मा पतिराम थारु र कोलराज पुरीको नाम सिफारिस गरिएको छ। प्रदेश सभाका लागि क्षेत्र नं ३ मा लक्ष्मीप्रसाद शर्मा, चित्रप्रसाद खनाल र चक्र चौधरीको नाम सिफारिस गरिएको छ। 

जिल्ला समितिले सिफारिस गरेका नामबाट उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने बताइएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell