
काठमाडौं : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार पुगेका छन्।
सत्तारुढ दल माओवादीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसहित पार्टी एकताको तयारी गरिरहँदा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको भविष्य र माओवादीको भूमिकाका विषयमा वार्ता गर्न अध्यक्ष प्रचण्डलाई डाकेका हुन्।
अपरान्ह साढे ३ बजेका लागि तय भएको बैठक अघि नै कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटिरहेका थिए। त्यही क्रममा अध्यक्ष प्रचण्ड बैठकस्थलमा प्रवेश गरेका छन्।
बैठकमा देउवासहित कांग्रेस नेताहरुले अहिले अकस्मात एमालेसँग हुन लागेको चुनावी तालमेल र एकताको सन्दर्भ, त्यसको राजनीतिक अर्थ र संविधान कार्यान्वयनका विषयमा छलफल गर्न लागेका छन्।
‘अध्यक्ष प्रचण्ड बैठकका लागि आउनुभएको छ, कांग्रेस नेताहरुले छलफल गर्दैै हुनुहुन्छ’प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने।