PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

वाम तालमेलमा अब तीन दल, बाबुरामको नयाँ शक्ति पनि थपियो



रमेश वाग्ले

वाम तालमेलमा अब तीन दल, बाबुरामको नयाँ शक्ति पनि थपियो

काठमाडौं : दुई कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल तथा पार्टी एकताका लागि कार्यदल घोषणा हुने संयुक्त पत्रकार सम्मेलनमा डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पनि जोडिने भएको छ। 

एक साताअघि देखि नेकपा एमालेसँग नयाँ शक्तिले थालेको सहकार्यको छलफल आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्तिका भट्टराईबीच अन्तिम छलफल भएपछि टुंगोमा पुगेको हो। आजैको छलफल लगत्तै सहकार्यका लागि दुवै नेता तयार भए। 

तयारीअनुसार आजै पत्रका सम्मेलन हुनु अघि तीन दलका नेताहरुको बैठक बस्दैछ। सिंहदरवारमा बस्ने बैठकले नै सहकार्यको अन्तिम  खाका तयार पारी पत्रकार सम्मेलनमा जानकारी दिने तयारी गरेको छ। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भएको कांग्रेससँगको बैठक सकेर सिधै एमाले माओवादी र नयाँ शक्तिबीच हुने बैठकमा सहभागी हुनेछन्। 

एमाले-माओवादी केन्द्रबीच चुनावी तालमेल तथा पार्टी एकताका विषयमा लामै समयदेखि छलफल जारी रहेपनि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग भने एक हप्ता अघिबाट मात्र छलफल सुरु भएको थियो। 

एमाले र माओवादीका नेताहरुको प्रस्तावमा बाबुराम भट्टराईले पनि समर्थन जनाउँदै सहकार्यको हात बढाएपछि तीन दलीय गठबन्धनको तयारी भएको हो।

कम्युनिष्ट गठबन्धनबाट चुनावमा सहभागी भएर पार्टी एकता गरी बलियो कम्युनिष्ट पार्टी निर्माणको लक्ष्य बनाइएको गठबन्धनमा कम्युनिष्ट छोडेको घोषणा गरेका बाबुराम समेत सहभागी हुन लागेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell