PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्न राप्रपाको माग, जनदवाव सृजना गर्न २३ गते जुलुस र सभा गर्ने



पहिलोपोस्ट

हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्न राप्रपाको माग, जनदवाव सृजना गर्न २३ गते जुलुस र सभा गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनसँगै हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्ने माग गरेको छ। 

हिन्दुराष्ट्रको विषयमा जनताको अभिमत आवश्यक भएको भन्दै राप्रपाले जनदवाव सिर्जना गर्न  असोज २३ गते देशव्यापी रुपमा जुलुस र सभा गर्ने निर्णय गरेको छ। 

उपत्यका कार्यक्रमको तयारी बैठकलाई आज सम्वोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको पहिचान भएकाले पहिचान रक्षाको निमित्त सबैले आवाज बुलन्द पार्नुपर्ने बताए।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र उदार अर्थतन्त्रको धरातलमा उभिएर स्वाधीन र समृद्ध नेपाल निर्माण सबैको साझा लक्ष्य र गन्तव्य हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले देश र जनतालाई केन्द्रमा राखेर स्वाभिमान र स्वाधीनतालाई शिरमा राखि अघि बढ्नुको विकल्प नभएको बताए।

सिद्धान्त, विचार र आदर्शप्रति प्रतिबद्ध हुँदै उच्च मनोवलका साथ निर्वाचनमा होमिन थापाले कार्यकर्तालाई निर्देशन दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell