PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

एकता कांग्रेसविरुद्ध होइन : प्रचण्ड



पहिलोपोस्ट

एकता कांग्रेसविरुद्ध होइन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट दलहरुबीचको एकता नेपाली कांग्रेसविरुद्ध नभएको जिकिर गरेका छन्। एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि दिएको अभिव्यक्तिमा उनले सत्ता छाड्ने विषय उप्काएनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीचको सहकार्यलाई निरन्तरतामा क्रम भंग भएको बताएका छन्। उनले बृहत शान्ति सम्झौताको प्रक्रिया लगत्तै एउटै कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गरेको बताए।  'कतिलाई थाहा होला, कतिलाई नहोला। त्यतिबेलै एकताका लागि छलफल भएर दस्ताबेज तयार पारेर पार्टीमा छलफल भएका थियो,' उनले भने, 'सायद परिपक्व भएको थिएन होला त्यतिबेला। दश वर्षअघिको अपूरो काम आज पूरा भएको छ।' 

उनले सबैलाई बधाई र शुभकामना दिँदै यो एउटा ऐतिहासिक आवश्यकता र आकस्मिकताबाट भएको बताए। 'केही समय पहिले मैले संसदमा राजनीति सम्भावनाहरुको खेल हो भनेको थिए,' उनले भने, 'हो अहिले हामी ऐतिहासिक मोडमा आएका छौं। यो कसैका विरुद्ध परिलक्षित छैन। छ त नेपाल राष्ट्र  र नेपाली जनताका पक्षमा छ। कोही भ्रमित हुनु आवश्यक छैन। यो खाली कम्युनिष्टहरुसँग मात्र एकता भएको छैन। चुनावी तालमेल लोकतान्त्रिक शक्तिसँग पनि हुनसक्छ।'

'हामी इतिहासको यस्तो क्षणमा छौं, नेपाली समाज समाजवाद उन्मुख भनेका छौं । समाजवादको आधार तयार गर्ने, समाजवादको नयाँ मोडल तयार पार्ने र विश्वलाई नयाँ सन्देश दिने उद्देश्य हो,' प्रचण्डले भने, 'हामीले संविधान बनाउने पहल गर्दैगर्दा प्रमुख दलहरुकाबीचमा सहमतिबाट जाने संकल्प गरेका थियौं। तत्कालीन प्रम सुशील कोइराला हुनुहुन्थ्यो। एमाले सरकारमा थियो। हामी प्रतिपक्षी थियौं। सबैले संविधान निर्माणको प्रक्रियामा थियौं। राष्ट्रिय सहमतिबाट संविधान कार्यान्वयन गर्ने प्रतिवद्धता थियो। तर दुर्भाग्य हाम्रो संकल्प पूरा हुन सकेन।' 

उनले त्यसको दोष सुशील कोइरालामाथि लगाए। 'कोइराला पुनः प्रममा उम्मेदवारी दिएपछि त्यो पूरा भएन। तर हाम्रो चाहना एक भई अघि बढ्ने थियो,' उनले भने, 'यो तालमेल र एकता कांग्रेसका विरुद्ध नभएको स्पष्ट पार्न चाहन्छु।' अहिले हामी जुन विन्दुमा आइपुगेका छौं। २१ र्औ सताव्दीमा हामीले कम्युनिष्टहरु एक भएर समाजवादमार्फत  विश्वलाई नयाँ सन्देश दिनु आवश्यक छ।' 

हाम्रो क्षेत्र, भूगोल अनुसार हामीले विश्वलाई नयाँ मोडल दिन सक्छौं। आमजनतालाई के स्पष्ट पार्न चाहन्छु भने यो एकता प्रक्रियामा केही समस्या नआउलान भन्न सकिन्न। तर, हामी नयाँ मोडल विश्वलाई प्रवाहित गर्न सक्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell