
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी सूर्य चिन्ह लिएर चुनावमा जाने बताएका छन्। बाम एकताको सभामा सम्बोधन गर्दै ओलीले यस्तो जानकारी दिएका हुन्। उनले के भने पूरै पढ्नुस् :
देश र जनताप्रति समर्पित एउटै कम्युनिष्ट पार्टी गठन होस भन्ने नेपाली जनताको चाहना हो। तीन पार्टी एक भई अघि बढ्ने सहमत भएका छौं। हामी एमाले, माअाेवादी केन्द्र र नयाँ शक्ति एउटै पार्टी निर्माणको दिशामा तपाईँहरुलाई साक्षी राखेर अगाडि बढेका छौं। यो नेपाली जनताको आकांक्षा, आवश्यकता हो। नेपालको चुनावलाई बास्तविक अर्थमा सुपरिणाम दिन सकोस र निर्वाचन उपयोगी बनोस् भन्ने उद्देश्य हो।
एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा कानुनी अड्चनले अप्ठ्यारो परेको छ तर यसका लागि हामी लागिपरेका छौं। हाम्रो लागि यो चुनावी तालमेल कसैका विरुद्ध छैन। मात्र नेपाल र नेपाली जनताका पक्षमा छ। माओवादी पार्टीका कार्यकर्तालाई पर्न सक्छ, एमालेका कार्यकर्तालाई पर्न सक्छ, जिम्मेवार पद छाड्यो भनेर असर पर्न सक्छ। तर, कसैले केही छाडेको छैन। हामीले देशलाई कता लैजान खोजेका छौं? स्वाधिनता, भौगोलिक अखण्डतालाई माथि उठाउन चाहन्छौं हामी। त्यसका लागि देशभक्तहरु एक हुनु आवश्यक छ।
लोकतन्त्रका लागि अधिकारका लागि लडेका छौं। सामाजिक न्यायका लागि लडेका छौं। लोकतान्त्रिक हक अधिकार स्थापना भएको छ। लोकतन्त्रका आधारभूत मूल्य मान्यताप्रति प्रतिवद्ध छौं। देशको विविधतालाई एकता गर्न लागेका छौं। द्वन्द्व निम्त्याउनेहरुलाई परास्त गरेका छौं एक हदामा अब हामीले। सबैलाई न्याय, अधिकार, अवसर, सम्मान दिएका छौं। हिमाल पहाड तराई जहाँसुकैका जनता हुन् असमानता अन्त्य गर्नुपर्छ भन्ने मान्यता हो। यस देशमा समामाजिक न्यायका लागि उहिले देखि लडेको पार्टी कम्युनिष्ट पार्टी हो। कम्युनिष्ट पार्टी माथि अनेका आक्रमण भएका छन् भ्रम छर्ने काम भएको छ।
शान्ति कायम गरेर एकताको माध्यमबाट समृद्धिमार्फत् अघि बढ्न सक्छौं। आर्थिक समृद्धिमा लागेका छौं। त्यसैले हामीले सत्ताका पक्षमा हामीले कुनै कुरा गरिरहेका छैनौं। देशभक्त वामपन्थी सरकार बन्नेछ यसलाई कसैले मेट्न सक्दैन। अब हाम्रो ध्यान दुई तिहाईको छ। कसैले झस्किनुपर्ला जस्तो लाग्दैन। संयुक्त प्रस्तावले भ्रष्टाचार गर्दैन। यो कमिसनखोरीका पछि कुद्दैन। मंसिरपछि काठमाडौं होस् वा जुनसुकै ठाउँमा जहाँ हिँडे पनि कसैले गर्दैन। दिदी बहिनीहरु ढुक्कसाथ हिँडे हुन्छ। सन्तुलित छिमेक सम्बन्ध, बराबरीको हैसियतमा छिमेक सम्बन्ध रहनेछ।
संयुक्त राष्ट्रसंघको बडापत्रभन्दा एक अक्षर तलमाथि हुँदैन। नेपाली जनताको चाहना यति हो यो चाहना पूरा गर्छ यो गठबन्धनले। हरेक नेपालीको चेहरामा मुस्कान आउनुपर्छ भन्ने हाम्रो ध्येय हो। सबै नेपालीले सुख पाउनुपर्छ। हाम्रा अग्रजहरुप्रति स्मरण गर्न चाहन्छु। अझ धेरै मेहनत गर्नुपर्ने छ धेरै काम गर्नुपर्नेछ। नेता कार्यकर्तालाई यस अभियानमा उत्साहका साथ अघि बढ्न आह्वान। हामी सहमत भएका तीन पार्टी तमाम नेता कार्यकर्तालाइ खुसीयालीपूर्वक अघि बढ्न आह्वान गर्छु। यो अभियान अन्त्य होइन सुरुवात हो। आउनुस् साथीहरु यहाँ हामीले ठूलो र सानो भनेका छैनौं। अत्यन्त सम्मान गर्नेछौं। भावनामा प्रेरित छौं। अनेका पार्टीहरु किन चाहिए? सबै पार्टीहरु जो देशभक्त हुनुहुन्छ सबै जना आउनुस्। हामीले साठी र चालिस भनेको केही होइन। अरुलाई दिएर बाँकी रहेको हामीले लिने हो साथीहरु। सूर्य त त्यही हो नि कसको खेतमा लैजाने कसको नलैजाने भन्ने हुन्न। सबै यो अभियानमा समेटिऔं। तर कहिलेकहिले कुनै प्रकारको तालमेल भयो भने राम्रो मान्ने र अरुको तालमेल भयो भने नराम्रो मान्ने प्रवृति नहोस्। अन्त्यमा यस अभियानमा योगदान पुर्याउने सबैलाई धन्यवाद।
डाक्टर बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति सूर्य चिन्हमा नै चुनाव लड्छ। अरु साथीहरु सूर्य चिन्हमा नै चुनाव लड्ने प्रयासमा हुनुहुन्छ। यो प्रक्रिया अघि बढ्छ। अब जनताको सरकार बनाउन र देश बनाउन एक छौं।