PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

साम्यवादी विचार संसारबाटै हटेका बेला कम्युनिष्ट गठबन्धनको औचित्य छैनः  कांग्रेस



रमेश वाग्ले

साम्यवादी विचार संसारबाटै हटेका बेला कम्युनिष्ट गठबन्धनको औचित्य छैनः  कांग्रेस

काठमाडौं :  नेपाली कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको गठबन्धनलाई औचित्यहीन भएको बताएको छ।

सत्ता साझेदार माओवादी केन्द्र र एमालेबीचको गठन्धन घोषणापछि बसेको कांग्रेसको अनौपचारिक बैठकले संसारमै साम्यवादी विचार हटिसकेका अवस्थामा बनेको कम्युनिष्ट गठबन्धनको औचित्य नभएको बताएको हो। 

‘संसारबाटै लोप हुन लागेको ‘साम्यवादी विचारधारा’ बोक्नेको गठबन्धनको कुनै औचित्य छैन,’ कांग्रेस नेता डा प्रकाशशरण महतले भने, ‘यसले केही दलले लोकतन्त्रलाई रणनीतिक रुपमा मात्र प्रयोग गरेको कुरा छर्लङ्गै बनाइदिएको छ।’ डा महतले त्यसले लोकतन्त्रिक शक्तिलाई सहयोग नैं पुग्ने  दाबी गरे।

एमालेको मुकुण्डो उत्रियो 
महतले एमालेले लोकतन्त्रलाई रणनीतिक रुपमा मात्र उपयोग गरेको भन्दै तालमेलपछि उसको अहिलेसम्मको प्रतिबद्धता रणनीतिक मात्र भएको पुष्टी भएको बताए।

‘एमालेले आफूलाई लोकतान्त्रिक शक्ति भनेर नै धेर मत पाएको थियो। तर, कम्युनिष्ट गठवन्धन र एकता अघि बढाएपछि उसको मुकुण्डो उत्रिएको छ,’ महतले भने, ‘त्यसले कांग्रेस र अन्य लोकतान्त्रिक शक्तिको जनमतलाई सहयोग पुर्याउनेछ।’ उनले माओवादीले आफूलाई कम्युनिष्ट शक्ति नैं भनेकाले उसलाई जनताले जानेरै मतदान गरेका भन्दै आफूलाई लोकतान्त्रिक भनेर जनता झुक्याउने कम्युनिष्ट शक्तिबाट अब जनता नझुक्किने बताए।

माओवादी निर्णय अस्वभाविक
महतले कांग्रेसले माओवादीको आकस्मिक निर्णयलाई अस्वभाविक भएको ठहर गरेको बताए। ‘एक वर्ष अघि हामीले माओवादी केन्द्रसँग इश्युमा सहकार्य गर्नेगरी सहमति गरेका थियौ र त्यही सहमतिका आधारमा अहिलेसम्म सहकार्य भइरहेको छ,’ महतले भने, ‘तर, अहिले जुन ढंगले उहाँले आकस्मिक रुपमा निर्णय गर्नुभयो त्यो अस्वभाविक लागेको छ,’ महतले भने, ‘तर उहाँले गठबन्धन र सरकार फरक फरक भएको बताएर अहिलेको गठबन्धन कायम रहने बताउनुभएको छ। त्यसलाई उहाँले कसरी उपयोग गर्नुहुन्छ, हेर्नुछ।’

यही सरकारले निर्वाचन गराउँछ
कांग्रेसले एमालेको नियतमा प्रश्न उठाउँदै गठबन्धन यो सरकारबाट निर्वाचन गराउन नदिन भएको भन्दै त्यसो गर्न संसदको संख्याका कारण सम्भव नभएको निष्कर्ष निकालेको  छ।

‘आफू सरकारमा नभएसम्म निर्वाचन हुन नदिने र संविधान कार्यान्वयनमासमेत समस्या पार्ने एमाले नियत देखिन्छ,’ महतले भने, ‘तर त्यसो गर्न संसदको संख्यालेसमेत नपुग्ने भएकाले यही सरकारबाट निर्वाचन गराउने भनिएको छ।’ उनले निर्वाचन घोषणा गरेको सरकारले नैं गराउने भन्दै निर्वाचन अघि कुनै सरकार बन्ने परिकल्पना कांग्रेसले नगरेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell