PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार 'लिगो व्ल्याक होल'का तीन अनुसन्धानकर्तालाई



पहिलोपोस्ट

भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार 'लिगो व्ल्याक होल'का तीन अनुसन्धानकर्तालाई

स्वीडेन : सन् २०१७ को भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस् इन स्टकहोम’ले गरेको छ।

म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ।

पुरस्कार गुरुत्वाकर्षण तरङ्गसम्वन्धी अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेले बापत प्रदान गरिएको हो। गुरुत्वाकर्षण तरङ्गलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो।

“यससँगै अहिलेसम्म पहिचान नभएको संसारलाई पत्ता लगाउन बाटो खुलेको छ। यो गुरुत्वाकर्षण तरङ्गसम्वन्धी खगोलशास्त्रमा नयाँ बिहानी मानिएको छ,” पुरस्कार चयन समितिका एक सदस्य ओल्गा बोटनरले बताए।

पुरस्कार घोषणापछि गरिएको टेलिफोन वार्तामा विसले पुरस्कार प्राप्त गर्दा आफूलाई आनन्दको अनुभूति भएको बताए। उनले गुरुत्वाकर्षण तरङ्गलाई लिएर योगदान दशकौँदेखि योगदान गर्ने वैज्ञानिकहरूको प्रशंसा गरे।

विसले थपे, “साच्चै म साह्रै प्रफुल्ल छु। यो अचम्मको अनुभव हो।” यससँगै संसार बुझ्नका लागि नयाँ वैज्ञानिक बाटो तय भएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell