PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

रसियाली सेनाको हवाई आक्रमणमा तीनसय सिरियाली विद्रोहीको मृत्यु



पहिलोपोस्ट

रसियाली सेनाको हवाई आक्रमणमा तीनसय सिरियाली विद्रोहीको मृत्यु

मस्को: सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा वस्दै आएका ३०४ जना विद्रोहीको दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ।

मृतकमध्ये सात जना तहका आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेका मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। हवाई आक्रमणमा आइतबार र सोमबार गरी ३०४ जनाको मृत्यु भएको छ भने १७० जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन्।

कारबाहीमा आतङ्ककारीले प्रयोग गर्दै आएका आश्रयस्थल,थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएका विज्ञप्तिमा जनाइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell