PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

कांग्रेस लमजुङद्वारा उम्मेदवार सिफारिस



पहिलोपोस्ट

कांग्रेस लमजुङद्वारा उम्मेदवार सिफारिस

बेसीशहर: आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारमा नेपाली कांग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो।

क्षेत्रीय समितिमा दर्ता भएका आकांक्षीको नाम मंगलबार जिल्ला कार्य समितिमा पठाइएको थियो। जिल्ला कार्यसमितिको बैठकले मंगलबार नै बैठक बसी सबै नाम केन्द्रीय समितिमा पठाएको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए।

नेपाली कांग्रेस, लमजुङका अनुसार केन्द्रीय निर्वाचनका लागि प्रत्यक्षतर्फ छ जनाले दाबी गरेका छन् भने समानुपातिकतर्फ नौ जनाले दाबी गरेका छन्। यसैगरी, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फबाट २१ जना र समानुपातिकतर्फ १६ जनाले दाबी गरेका थिए।

क्षेत्रीय समितिले सिफारिस गरेको एउटा नाम भने जिल्ला कार्यसमितिले हटाएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलको नाम जिल्ला कार्यसमितिले हटाएको हो।

तनहुँको ब्यास नगरपालिका (साविक रिस्ती गाविस) का पौडेलले लमजुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दाबी गरेका छन्। जिल्लामा कहिल्यै नदेखिएका व्यक्ति उम्मेदवारको आकांक्षी भएको भन्दै जिल्ला कार्य समितिले सर्वसम्मतरुपमा नाम हटाएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell