
हाङ्झाउः चीनले अहिलेसम्म संसारकै ‘सबैभन्दा अग्लो’ विद्युत आपूर्ति गर्ने खम्वाको निर्माण सुरु गरेको छ।
पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल अहिलेसम्मकै अग्लो मानिएको लण्डनको विग वेनभन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले जानकारी दिएको छ।
यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ।
सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को सुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको छ। रासस/सिन्ह्वा