पाल्पाः सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकअन्तर्गत सिद्धबाबा नजिकै सडकमा ढुंगासहित पहिरो खस्दा दुईजना घाइते भएका छन्।
घाइतेलार्इ लुम्बिनी अञ्चल अस्पतालमा लगिएकाले उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई जना ढुंगा खस्दा घाइते भएका हुन्।
दर्शैंदेखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाको बीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध बनेको छ।
आज पनि सडक मर्मत गर्ने भनिए पनि पहिरोले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। १० देखि २ बजेसम्म सडक मर्मत गर्ने भनेर यातायात सञ्चालनमा रोक लगाए पनि पहिरो खसेपछि काम रोकिएको छ।रासस