PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पोखरामा पाँचजना जुवाडे पक्राउ



पहिलोपोस्ट

पोखरामा पाँचजना जुवाडे पक्राउ

पोखरा : प्रहरीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँच जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ३४ हजार ३४८ रुपैयाँ पनि बरामद गरेको छ। 

विष्णुमाया तामाङको घरमा जुवा खेलिरहेका उनीहरुलाई सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ छन्। 

यसैगरी, पोखराबाट काठमाडौं जान लागेका एकजना भारतीय नागरिक पाँच लाख ३२ हजार ५०० भारतीय रुपैयाँसहित पक्राउ परेका छन्। 

भारतको पश्चिम बंगाल कोलकताका ३६ वर्षीय कृष्नेदु बेनर्जीलाई अवैद्य भारतीय रुपैयासहित पोखरा विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell