PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

मुस्ताङको थापाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न, केन्द्रीय लाइनमा जोड्ने तयारी



पहिलोपोस्ट

मुस्ताङ :  मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। 

आयोजनाबाट उत्पादित विद्युत् तिहार अघि नै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ। 

माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन सुरु गरेको हो। 

असोज अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी गरेको आयोजनाका साइट म्यानेजर सुदीप खड्काले बताए। 

आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ। 

चार वर्षमा आयोजना निर्माण पूरा भएको हो। बेनी–जोमसोम सडकको टुकुचे खण्ड भन्दा करिब पाँच सय मिटरभित्र आयोजनाको विद्युतगृह छ। 

आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट क्षेत्रमा छ। दुई अर्ब ५६ करोड रुपैयाँको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए।

भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा १२ करोड लागत बढेको कम्पनीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell