PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पुर्वाञ्चलमा 'नेपालस् नेक्स्ट टप मोडल'को अडिसन



पहिलोपोस्ट

पुर्वाञ्चलमा 'नेपालस् नेक्स्ट टप मोडल'को अडिसन

काठमाडौं: पुर्वाञ्चलको विभिन्न शहरमा 'नेपालस् नेक्स्ट टप मोडल'को अडिसन हुने भएको छ l महिला तथा पुरुषको फरक प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजना गर्ने भएको हो l

असोज २२ गते आइतबार विरेन्द्र बजार, असोज २३ गते गोलबजार, असोज २५ गते लाहान र असोज २६ गते जनकपुरमा अडिसन हुने भएको हो। प्रतियोगितामा १६ वर्षदेखि २५ वर्षसम्मका महिला तथा पुरुषले सहभागिता जनाउन पाउछन्। महिलाको उचाइ ४ फिट ८ इन्च र पुरुषको ५ फिट ३ इन्चभन्दा माथि हुन पर्नेछ l उक्त प्रतियोगिताको विजेताले रु २५,०००हजार नगद प्राप्त गर्ने आयोजकले बताएका छन्।

प्रतियोगिताका लागि छनौट हुनेहरुलाई एक महिना प्रशिक्षण प्रदान गरिने छ जसमा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइने जानकारी आयोजक डेभिल सिंहराजपुतले दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell