PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

नवाज सरीफ पार्टी प्रमुखमा सर्वसम्मत चयन



पहिलोपोस्ट

नवाज सरीफ पार्टी प्रमुखमा सर्वसम्मत चयन
फोटो श्रोतः indianexpress.com

पाकिस्तान : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुखमा सर्वसम्मत चयन भएका छन्। 

पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयकलाई स्वीकृत गरेको एक दिन पछि सरीफलाई पार्टी प्रमुख बनाइएको हो। 

सरीफको पार्टीमा प्रमुखका लागि उनकाविरुद्धमा कुनै पनि उम्मेदवारी नपरेको पिएमएल–एनले जनाएको छ। 

पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार इकवालले सरीफको विरुद्धमा कुनैपनि उम्मेदवारी नपरेपछि पूर्वप्रधानमन्त्रीलाई नै पार्टी अध्यक्ष भएको घोषणा पिएमएल–एनको सामान्य परिषद् बैठकमा गरेका हुन्। 

बैठकमा दलका प्रादेशिक तथा राष्ट्रिय सभाका गरी ५०० भन्दा बढी संसद सदस्यको उपस्थिति रहेको थियो। 

पाकिस्तानको निर्वाचन आयोगले सरीफ पिएमएल–एनको अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ। 

सरीफमाथि लागेको भ्रष्टाचार आरोपपछि यही वर्षको जुलाईमा उनी प्रधानमन्त्री हुन अयोग्य भएको पाकिस्तानी सर्वोच्च अदालतले घोषणा गरेको थियो। 

पाकिस्तानको निर्वाचनसम्बन्धि कानुन अनुसार राज्यको तत्कालिन कानुनले अयोग्य मानेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान बमोजिम उनले पिएमएल–एनको अध्यक्ष पदबाट पनि राजिनामा दिएका थिए। 

तर उक्त प्रावधानलाई पाकिस्तानी राष्ट्रिय सभाले संशोधन गरी सरीफलाई दलको प्रमुख बन्ने कानुनी आधार निर्माण गरिदिएको थियो।

पछिल्लो संशोधन अनुसार सरकारी सेवामा नरहेको कोही पनि पाकिस्तानी नागरिकले दलको सदस्य वा प्रमुख बन्न पाउने छ।

यस प्रावधान पास भएपछि यहाँका दुई प्रतिपक्ष दलले निर्वाचनसम्बन्धि हालै गरिएको सुधारलाई असंवैधानिक कदम भन्दै यसविरुद्ध सिन्ध उच्च अदालतमा उजुर दर्ता गरेका छन्।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell