PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

कागबेनी बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि लगियो काठमाडौं   



पहिलोपोस्ट

कागबेनी बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि लगियो काठमाडौं   

पोखरा : मुस्ताङको कागबेनीमा मंगलवार दिउँसो भएको बस दुर्घटनाका २० घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान थप उपचारका लागि काठमाडौं लगिएको छ।

दुर्घटनामा मृत्यु भएका तीनमध्ये विराटनगर महानगरपालिक ८ का ५४ वर्षीय गणेश सुवेदी र किर्तिपुर नगरपालिका १२ का २४ वर्षीय शर्मिला दुलालको शव घाईतेसँगै पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ।

बसका चालक बागलुङ नगरपालिका ६ का खिमबहादुर मगरको शव भने जोमसोममै राखिएको छ।

नेपाली सेना शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीको सहयोगमा जोमसोम अस्पतालमा राखिएका सबै बिरामीहरुलाई  आज बिहान पुथाङ विमानस्थल पुर्याइएको थियो।

घाईतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

मुक्तिनाथबाट जोमसोम आइरहेको ग १ ख ५५२९ नम्बरको बस बाहगाउँस्थित कागबेनीको घुम्तीमा दुर्घटना हुँदा बस चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell