काठमाडौं : जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह (एलडिसी)का वातावरणमन्त्रीहरुको बैठकमा सहभागी हुन आज त्यसतर्फ गएकी छन्।
आगामी मंसिरमा जर्मनीको बोनमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको २३औँ सम्मेलनमा एलडिसीका तर्फबाट राखिने साझा विषय तय गर्न सो बैठक आयोजना गरिएको हो।
बैठकमा जलवायु परिवर्तनबाट एलडिसी राष्ट्रहरुले भोग्नु परेको समस्या, जलवायु न्याय तथा दिगो विकास विषयमा छलफल हुने मन्त्री चौधरीले जानकारी दिए।
उनले बैठकमा नेपालले जलवायु परिवर्तनलाई सिर्जित समस्याका बारेमा स्पष्ट धारणा राख्ने बताइन।
सम्मेलन बिहीबार र शुक्रबार दुई दिन चल्नेछ। एलडिसीमा नेपालसहित ४७ मुलुक आबद्ध छन्। केही वर्षदेखि एलडिसी राष्ट्रहरुले विश्वको तापक्रम १.५ डिग्री सेल्सियस बढ्नबाट रोक्नुपर्ने आवाज उठाउँदै आएका छन्। रासस