
लस भेगस : असोज अमेरिकी सहर लस भेगसमा आइतबार राति भिषण आक्रमण गरी ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटीसाथीलाई अमेरिकी झिकाइएको छ।
अमेरिकी प्रहरीले लस भेगसमा गरेको आक्रमण गर्नुकाे उद्देश्य पत्ता लगाउने क्रममा उनलाई अमेरिका झिकाइएको हो। प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ।
प्रहरीले के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ। सोही क्रममा उनकी केटीसाथी मार्लो डेन्लीसँग पनि सोधपुछ गर्न लागेकाे हाे। मार्लो हाल फिलिपिन्समा बस्दै आएकी छिन्।
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ। उनले लस भेगसमा आइतबार राति भएको कन्सर्टको समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए।
उनले चलाएको गोलीबाट ५९ जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते छन्। उनले आफू बसेको होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए।
अमेरिकी प्रहरीले भनेको छ– ६२ वर्षीय मार्लोलाई हिरासदमा लिइने छैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन् सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौँ।
प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझ्ने छ। साथै प्याडकको विगतको बानी ब्यहोरोको बारेमा पनि उनीसँग बुझ्ने बताइएको छ।
अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ। यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको बताइएको छ।
सो घटनामा आइएसले जिम्मेवारी लिएको भए पनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी भनाई छ। प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन।
आइएसले भने संगठनको आग्रहमा नै उक्त हमला भएको जनाएको छ। यसको जिम्मेवारी पनि आइएसले लिने पनि विभिन्न सञ्चारमाध्यमहरुमा उनीहरुले पठाएका छन्। रासस/एएफपी