
काठमाडौं: बलिउड पार्श्व गायक तथा संगीतकार अंकित तिवारी नेपाल आउने भएका छन्। उनी आफ्नो नयाँ म्युजिक भिडियोको प्रचारका लागि नेपालमा आउने भएका हुन्।
नयाँ गीत 'तुम हर दफा हो'को प्रचारका लागि आएपनि उनी नेपाली फिल्म 'रोमियो'को प्रचारमा समेत सक्रिय रहनेछन्।
किनकी ज्याजी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रमलाई रोमियोले पनि प्रायोजन गरेको छ। अंकित तिवारी नेपाल आउने बारे रोमियो निर्माता हसन राजा खानले फेसबुक पोस्ट गरेका छन्।
फिल्म आशिकी २ को सुन रहा हे ना तु, फिल्म एक भिलियनको गलिया जस्ता रोमान्टिक गीत गाएका उनको प्रस्तुती रहने कन्सर्ट यहीं अक्टोबर २१ मा हुँदैछ। चितवनको क्याम्पस चौरमा हुने कार्यक्रममा कार्तिक २४ रिलिज टार्गेट रहेको फिल्म रोमियो युनिटले पनि प्रस्तुती दिनेछन्।