PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

भन्सार छली गरी ल्याएकाे कपडा बरामद



पहिलोपोस्ट

भन्सार छली गरी ल्याएकाे कपडा बरामद

धनगढी : प्रहरीले भन्सार छली गरी भित्र्याएको दश लाख २४ हजार एक सय मूल्य बराबरका लत्ताकपडा कैलालीको टीकापुरमा बरामद गरेको छ। 

सत्ती प्रहरी कार्यालयको गस्ती टोलीले टीकापुर नगरपालिका—७ बाट कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए। बरामद भएका सामानमा कुर्ता सुरुवाल, ब्लाङ्केट, मार्किन कपडा, पाइन्ट लगायत रहेको छ। 

बरामद भएको सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell