PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लोकतान्त्रिक शक्तिसँग तालमेलका लागि कांग्रेसले थाल्यो पहल



रमेश वाग्ले

लोकतान्त्रिक शक्तिसँग तालमेलका लागि कांग्रेसले थाल्यो पहल

काठमाडौ : वाम गठबन्धन पार्टीहरुले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेसँगै नेपाली कांग्रेसले पनि तालमेलका लागि पहल थालेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार बिहानै प्रधानमन्त्री निवास बालुवाटरमा सरकारमा रहेका र बाहिरका लोकतान्त्रिका पार्टीका शीर्ष नेताहरुलाई बोलाएर तालमेलका लागि छलफल गरेका हुन्। 

प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्मशेर राणा लगायतका नेतासँग छलफल गरेका हुन्। 

प्रधानमन्त्रीको प्रस्तावलाई सबै नेताहरुले सकारात्मक लिएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए। 

लोकतान्त्रिक दलहरुसँग कसरी तालमेल गरेर जाने भन्ने बिषयमा अहिले नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक बसिरहेको छ।

निर्वाचन अहिलेकै सरकारले सम्पन्न गराउने देखिएको छ। प्रधानमन्त्री देउवाले अहिलेको सरकारले नै निर्वाचनसम्म निरन्तरता दिने बैठकमा जानकारी दिएको नेता निधिले बताए।

पहिलोपोस्टलाई जानकारी दिँदै उनले भने ‘निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ, त्यसैले अहिले सरकार परिवर्तन हुँदैन यही सरकारले निर्वाचन गराउने प्रधानमन्त्रीले बताउनुभएको छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री देउवाले प्रधानमन्त्री पद दिन पनि आफूहरु तयार रहेको र निर्वाचनसम्म सँगै जाउ भने पनि नमानेको बैठकमा प्रधानमन्त्रीले जानकारी गराएका थिए। निधिले भने,‘ प्रचण्डले पचास प्रतिशत हिस्सा खोज्नु भयो र त्यो दिन नमानेपछि एमालेसँग एकता गर्न जानुभयो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell